कुनै व्यक्ति, संस्था, कार्यालय वा नीजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताको नक्सा प्रिन्ट प्राप्त गर्नका लागि निम्न कागजातहरू संलग्न गरी कार्यालयमा आवेदन पेश गर्न सक्नेछ।
• जग्गाधनी दर्ता प्रमाणपत्रको प्रतिलिपि,
• वित्तीय प्रयोजनका लागि कुनै वित्तीय संस्थाले माग गरेको भए, सम्बन्धित संस्थाको पत्र तथा जग्गाधनी दर्ता प्रमाणपत्रको प्रतिलिपि,
• कुनै सरकारी निकायले माग गरेको भए, उद्देश्य स्पष्ट उल्लेख गरिएको पत्र, जसमा गाउँपालिका/नगरपालिका/स्थानीय तह, नक्सा नम्बर/सिट नम्बर तथा कित्ता नम्बर समावेश भएको हुनुपर्नेछ,
• नक्सा प्रिन्ट आदेशका लागि तोकिएको शुल्क भुक्तानी गरेको रसिद।
अनलाइन माध्यमबाट https://merokitta.dos.gov.np/application/main मा कागजात अपलोड गरेर पनि नक्सा प्रिन्ट प्राप्त गर्न सकिनेछ।