कुनै व्यक्ति वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताको फिल्ड नापजाँचका लागि जग्गा नापजाँच तथा नक्सा श्रेस्ता अद्यावधिक सम्बन्धि निर्देशिका, २०८१ को अनुसूची-२० अनुसार निम्न कागजातहरू संलग्न गरी आवेदन पेश गर्न सक्नेछ।
- जग्गाधनी दर्ता प्रमाणपत्रको प्रतिलिपि,
- नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
- चालु आर्थिक वर्षको कर भुक्तानीको रसिद,
- अनुरोध गरिएको कित्ता देखिने नक्साको प्रिन्ट,
- पास भएको कागजातको प्रतिलिपि
- बिशेष परिस्थिति बाहेक फिल्ड रेखांकनको कार्य असार देखी असोज मसान्तसम्म बन्द रहनेछ।