कुनै व्यक्ति वा निजको प्रतिनिधिले आफू/आफ्नो स्वामित्वमा रहेको कित्ताको फिल्ड बुक तथा प्लट रजिस्टरको प्रतिलिपि प्राप्त गर्न जग्गा नापजाँच तथा नक्सा श्रेस्ता अद्यावधिक सम्बन्धि निर्देशिका, २०८१ को अनुसूची-२० अनुसार निम्न कागजातहरू संलग्न गर्नुपर्नेछ।

  • जग्गाधनी दर्ता प्रमाणपत्रको प्रतिलिपि,
  • नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
  • चालु आर्थिक वर्षको कर भुक्तानीको रसिद,
  • सम्बन्धित पक्षबाट प्रमाणित गरिने अन्य कागजातहरू,

यदि जग्गा आवेदकको नाममा दर्ता नभएको अवस्थामा वा जग्गाधनी दर्ता प्रमाणपत्र नभएको खण्डमा, आवेदक वा निजको सम्बन्ध पुष्टि गर्ने स्थानीय तहबाट प्राप्त सिफारिस वा सम्बन्धित कागजातहरू।